KhabarUjyalo

सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेल आउने !

२९ मंसिर २०७९, बिहीबार
सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेल आउने !

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आठौं दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।

सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलको सांगितिक प्रस्तुति रहने महोत्सव आयोजकले जनाएको छ । प्रमोद खरेल नेपाली आधुनिक सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलका हरेक गित नेपाली संगीतमा लोकप्रिय रहेका छन् ।

यस्तै महोत्सवमा देउडा गायक चेतन बोहराको प्रस्तुति रहने छ भने स्थानीय कलाकारको पनि सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टल लागेका छन् ।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo