KhabarUjyalo

आज सपना देखे अनौठो…(कविता)

२७ मंसिर २०७९, मंगलवार
आज सपना देखे अनौठो…(कविता)

म अनकन्टार अन्धकार कतै सुन्यतामा
बर्बराउदै थिए तिम्रो नाम,
चीत्कारले सारा धरातल गुन्जाएमान भएझै भान भइरहेथ्यो
निमेष भरमै कन्ठ रित्तो हुनलागेको भान भइरहेथ्यो,
तिमीलाई सायद छोएन त्यस दिन बतासले
कतै झुल्कियेन आकृती तिम्रो
आज सपना देखे अनौठो….

म भयमा नैराश्य मिसाउदै पुकारी रहे
हावाको गति संगै निरन्तर,
कहि पर क्षितिजको संघारमा देखिएउ तिमी
कर्णालीको वेगलाई जित्ने गरि बग्यो मेरो मन
पल भरमै सामुन्ने भेटे तिमिलाइ,
चार पाइलाको दुरी अनि बिचमा पर्खाल….
दुई पाइला अघि सारे पनि पर्खाल पार गर्ने सामर्थ्य रहेन सायद,
त्यही सुस्ताउन थाले प्रतीक्षा गर्दै तिम्रो
आज सपना देखे अनौठो….

म भावविभोर हुँदै प्रेम सुसेली रहे
अश्रु बहाउदै अविरल,
पर्खाल भत्काउने प्रयत्न गर्दै, रक्तामे हत्केला तिमि तिर बढाउदै तिम्रो स्पर्श खोज्दै बोलाइरहे तिमिलाइ
तिमी हेरिरह्येउ जडवत मुर्ती झै, डेग चलेको देखिन मैले तिम्रा पाइला
न त्यो पारदर्शी पर्खाल भत्कियो, न मैले तिमिलाइ भेट्टाउन नै सके…
त्यो दुई पाइलाको दुरि सायद तिम्रै भागमा थियो
त्यो पर्खाल सायद तिमिले मात्र पार गर्न सक्दछौ
तिमी फेरि कतै विलिन हुन्छौ कि भन्ने डर थियो मनमा
आज सपना देखे अनौठो…

अन्जु कुवँर, धनगढी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo