धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको चौथो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।
चर्चित गायिका रचना रिमाल, गायक रमेशराज भट्टराई र ‘द भ्वाइस अफ नेपाल-४’मा उत्कृष्ट ८ मा प्रवेश गरेका सुदूरपश्चिमका आशिष महरको सांगितिक प्रस्तुति रहने छ ।
टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा उत्कृष्ट ८ मा प्रवेश गरेका अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै सफल भएका छन् । उनी उत्कृष्ट ८ मा प्रवेश गरेका छन् । भने उत्कृष्ट ४ का लागि भोटिङ भैरहेको छ ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टल लागेका छन् । महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
