KhabarUjyalo

दीर्घराज प्रियसीको गजल..

२२ मंसिर २०७९, बिहीबार
दीर्घराज प्रियसीको गजल..

केटीहरूको इन्तज़ारमा बसिरहेका छन्
बाटोमा केटाहरू श्रृंगारमा बसिरहेका छन्

हत्या, हिंसा, बलात्कार, चोरी, डकैती
यस्ता खबर अखबारमा बसिरहेका छन्

मृत्यू भएको छ भरखर एउटा परेवाको
एक जोडि परेवा तारमा बसिरहेका छन्

संसार पुग्छन्,मञ्जील चुम्छन्,हिड्नेहरू
बस्नेहरू त संसारमा बसिरहेका छन्

नदीमा बगेर गईसके तिम्रा केही यादहरू
केही यादहरू किनारमा बसिरहेका छन्।

दीर्घराज प्रियसी, गजलकार

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo