KhabarUjyalo

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

२० मंसिर २०७९, मंगलवार
सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

धनगढी : धनगढीमा मंसिर २२ गतेदेखि लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिएका हुन । महोत्सव प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते दिउसो २ बजे धनगढी उपमहानगरपालिका १ स्थित मैदानमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि सुरु भएको महोत्सव यो १६ औँ संस्करण हो ।

महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय स्टल रहने छन् । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान सङ्घले गरेको छ । मङ्सिर २२ गते सुरु हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा सङ्घले गरेको छ । महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo