KhabarUjyalo

प्रेम !

२० मंसिर २०७९, मंगलवार
प्रेम !

बसेकी छु
तिम्रै ढुकढुकीमा
तिमिलाइ नै
पर्खिबस्छु सधैं
गन्तव्यमा पुग्न नपाउँदै हराउँछु कतै
बिश्वास गर्नु त्यो
दिलमा
ठाउँ छ भने अझै
मैले लेख्ने कबितामा
शब्द बनि
आइदिनु प्यार छ भने थोरै
सक्दिन होला
पाचताले महल बनाउन
तत्पर छ किन किन यो मनमुटु
तिमीलाइ सजाउन
सक्छौ भने आफुमात्रै
नजाउ टाढा
माया पनि लगिजाउ
बिश्वास छैन भने बोल्न पनि छोडिदेउ
प्रेम के हो
प्रेमिलाई सोध
प्रेम प्रस्ताव नराखि
प्रेमको आभास
दिलाउनेलाइ सोध
प्रेमका नाममा
खेलवाड गर्नेलाइ होइन
माया त एक निस्वार्थ भावना न हो गलत प्रयोग नगर
आजभोलि तारिफ हुन्छ रुपको
सकिदैन पत्ता लाउन
गुण या दोस
रुप हेरि उसको
सकिदैन गहिराइ नाप्न
हेरि समुद्रको सतहको

✍️कविता पाण्डेय, धनगढी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo