KhabarUjyalo

हेर, एकपटक तिमी पनि प्रेमको बिरामी बनेर..(गजल)

१९ मंसिर २०७९, सोमबार
हेर, एकपटक तिमी पनि प्रेमको बिरामी बनेर..(गजल)

बस्यो छाप सम्झनाको ,यो छातीमा दामी बनेर,
कहिले आउँछ पहाड बनेर,कहिले सुनामी बनेर।

लेखेर छोड्यौ आखिर कर्जा तमसुक सम्झनाकै,
म भासिँए तिम्रो कारोबार भित्रको असामी बनेर।

भैरहँदा तिमी गगनको रबि अनि म धराको धुलो
कसरी मजबुत हुन्छ सम्बन्ध म बाट हामी बनेर।

कति बिझाउँछ र कति पोल्छ मायाले मुटुमा,
हेर , एकपटक तिमी पनि प्रेमको बिरामी बनेर।

प्रेमी बनेर त तिमी आएनौ प्रिय यो जिन्दगीमा,
अब अन्तिम एकपटक आउनु पर्छ मलामी बनेर।।

सरस्वती पौडेल
भरतपुर ५,चितवन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo