KhabarUjyalo

सुदूरपश्चिमकी चेली साध्वी भट्ट बलिउडमा मुख्य अभिनेत्री देखि निर्देशकमा जम्दै !

१३ मंसिर २०७९, मंगलवार
सुदूरपश्चिमकी चेली साध्वी भट्ट बलिउडमा मुख्य अभिनेत्री देखि निर्देशकमा जम्दै !

धनगढी/डिआर पनेरू : बलिउड फिल्म उधोग विश्वकै ठूलो बजारमा पर्दछ । ठूलो आकार लिएको बलिउडमा भारतकै कलाकारहरुलाई पनि स्थापित हुन हम्मे हम्मे पर्दछ ।तर अप्ठ्याराहरु छिचोल्दै बैतडी घर भएकी २८ बर्षिया साध्वी भट्ट बलिउड फिल्ममा निर्देशक, लेखक र मूख्य नायिकामा जम्दै छन् ।

साध्वीको +२ को पढाई काठमाडौंबाट भयो । त्यसपछि स्नातकको पढाईका लागि छात्रवृत्तिमा उनी भारतको लखनउबाट पूरा गरिन् । सानैदेखि कलाकारीता क्षेत्र रुचि राख्दै आएकी साध्वी पढाई सकेर त्यहीँ क्षेत्रमा काम गर्न मुम्बईमा पुगिन् । झण्डै ८ वर्ष देखि भारतको मुम्बईमा रहेर भारतीय चलचित्रमा लेखन, निर्देशन र अभिनेत्रीको मुख्य भूमिकामा काम गर्न पाईन् ।

उनले सुरुवातीमा मुम्बईमा प्रसिद्ध अनुपम खेर्स एकेडेमीमा ३ महिनाको एक्टिंग कोर्स गरिन् । धेरै सङ्घर्षमा उनले एक वर्षपछि रणवीर कपुरसँग फिल्म बेशरममा सहायक निर्देशकको रूपमा पहिलो फिल्म पाईन र त्यही फिल्मको एउटा गीतमा फिचर्ड गर्ने मौका पाइन् ।

उनले यो समयमा थुप्रै भारतिय म्युजिक, सर्ट मुभी आफ्नो निर्देशनमा निर्माण गरिन् । केही म्युजिक भिडियोको छायांकन नेपालमा गरिन् । उनले बलिउडकै संघर्षमा रहदा बलिउड डेब्यु फिल्म ‘द ड्रीम’ मा मुख्य अभिनेत्रीको भुमिका गरिन् ।

उनले निर्देशन गरेको ‘दर्दे इश्क’ म्युजिक भिडियो रिलिज हुने तयारीमा रहेको छ भने उनकै निर्देशनमा बलिउड फिल्म निर्माणको तयारीमा रहेको छ ।

मुम्बईमा उनले आफ्नै प्रोडक्सन हाउस संचालन गर्दै आएकी छन् ।

भारतीय चलचित्रबाट आफूलाई विश्वभरी चिनाउने सपना रहेको उनी बताउँछिन् । आफुले बनाएको अन्तरास्ट्रिय पहिचानलाई नेपालमा कलाकारिता क्षेत्रमा राम्रो क्षमता भएकालाई अवसर दिएर अन्तरास्ट्रियसम्म उनीहरुको क्षमतालाई अवसर दिने ठुलो इच्छा रहेको बताईन । अवसर नपाएर सुदूरपश्चिमका क्षमता प्रदर्शन नपाएका लागी यो क्षेत्रबाट भारत र नेपालको नेटवर्किङको काम गरेर अघि बढ्ने बताईन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo