KhabarUjyalo

‘धनगढीको बसमा २’ बोलको गित सार्वजनिक (भिडियो)

७ कार्तिक २०७९, सोमबार
‘धनगढीको बसमा २’ बोलको गित सार्वजनिक (भिडियो)

धनगढी : ‘धनगढीको बसमा २’ बोलको गित सार्वजनिक भएको छ ।‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत सार्वजनिक भएको हो ।

‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।

भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ । ‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशन रहेको छ । विशाल इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक भएको छ ।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ निकै लोकप्रिय बनेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo