KhabarUjyalo

सरकारले गेटामा मेडिकललाई भैसीगोठको रूपमा परिणत गर्न खोज्यो : लेखराज भट्ट

३ कार्तिक २०७९, बिहीबार
सरकारले गेटामा मेडिकललाई भैसीगोठको रूपमा परिणत गर्न खोज्यो : लेखराज भट्ट

धनगढी,३ कात्तिक । नेकपा एमालेका सचिव तथा कैलाली क्षेत्र नम्बर  ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानीयलाई आज सम्बोधन गर्दै जनताका गुनासा सुन्न आफू सधैँ तयार रहेको बताए । उनले जनप्रतिनिधि भएपछि जनताका धेरै गुनासा माग हुने भएकाले आफू सधैँ जनताका कुरा सुन्न तयार रहेको जिकिर गरे ।

‘हामी जनतालाई सुखी बनाउने योजना मा थियौ । एमाले सरकारको पालामा जनताको पक्षमा धेरै काम हुँदै थिए तर पार्टी भित्र नै अन्तरसंघर्ष अस्वस्थ भयो, अन्तरद्वन्द भयो, पार्टी तीन चिरामा गयो ।  जसको कारण परमादेशी सरकार आयो,’ भट्टले भने,’यो गठबन्धन सरकारले डेढ वर्षमा केही गरेको छ त ? यसो हेर्‍यो भने जनता र देशको पक्षमा केही पनि गरेको देखिन्न । त्यसैले यो देशका जनतालाई सुखी बनाउन एमालेको आवश्यकता छ । राष्ट्रियता जोगाउन एमालेको आवश्यकता छ । एमाले छ भने मात्रै देश छ।’

उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन आफूले खोजेको तर अहिलेको सरकारले गेटालाई अस्पताल को रूपमा र भैसीगोठको रूपमा परिणत गर्न खोजेको आरोप लगाए ।

‘डडेल्धुरामा मेडिकल कलेज लैजाने रे । डडेल्धुरामा मेडिकल कलेज बनाउँदा हामीलाई केही आपत्ति छैन । तर गेटामा मेडिकल विश्वविद्यालय हुनै पर्दछ । यो यहाँका जनताको आवश्यकता हो, यस क्षेत्रको आवश्यकता हो तपाईँ हाम्रो आवश्यकता हो,’ भट्टले भने।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले कैलालीको पहाडी क्षेत्र चुरेमा एमाले सरकार कै पालामा अहिले सम्म कै धेरै बजेट आएको दाबी गरे। उनले चुरेका बाढी पीडितहरूको समस्या समाधानको लागी विगतमा पनि आफूले प्रयास गरेको र अझै पनि उक्त समस्या समाधानको लागी पहल गर्ने आश्वासन दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo