KhabarUjyalo

कमेडियनको रोष्टपछि रुँदै स्टेजबाट बाहिरिइन् गायिका रचना रिमाल..

१ कार्तिक २०७९, मंगलवार
कमेडियनको रोष्टपछि रुँदै स्टेजबाट बाहिरिइन् गायिका रचना रिमाल..

काठमाडौं । रचना रिमाल अहिलेकी व्यस्त गायिका। देश तथा विदेशको कार्यक्रममा उनी सधैं नै व्यस्त हुन्छिन्।यसैक्रममा उनी अहिले कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’को प्रचासप्रसारका लागि देश दौडाहमा छिन्।

आइतबार साँझ पोखरामा भएको कार्यक्रम गायिका रिमाल स्टेजमै रोएकी छन्। आफ्नोबारेमा रोष्ट भएपछि उनले स्टेजबाटै त्यसको विरोध गरिन्। त्यसविरुद्ध आवाज उठाइन्।

पोखरामा आयोजित शो भने भिन्न कारणले चर्चामा रह्यो । कमेडियन अर्यालले टिकटक सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरे । उक्त कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य गरे ।

आफूलक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै बाहिरिएपछि रमाइलो माहोल एकाएक भावुक बनेको थियो ।

रचनाले सार्वजनिक रुपमै चित्त दुखाएपछि कमेडियन अर्यालले माफी मागेका थिए । रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढ्यो ।

पछिल्लो समय रचना टिकटकमा समेत सक्रिय सेलिब्रिटी हुन्, जहाँ उनी लाइभमा आउनेदेखि भिडियो पोस्ट समेत गर्छिन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo