KhabarUjyalo

कांग्रेसले संशोधनसहित पारित गर्‍यो घोषणापत्र

२८ आश्विन २०७९, शुक्रबार
कांग्रेसले संशोधनसहित पारित गर्‍यो घोषणापत्र

काठमाडौं,२८ असोज । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समतिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । विज्ञहरू स्वर्णीम वाग्ले र गोविन्द पोखरेलले घोषणापत्रको व्याख्या गरेपछि नेताहरूले सुझाव राखेका थिए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo