KhabarUjyalo

दशैंमा रक्सीले ह्याङओभर गरायो भने यसो गर्नु होस्

१७ आश्विन २०७९, सोमबार
दशैंमा रक्सीले ह्याङओभर गरायो भने यसो गर्नु होस्

काठमाडौं – दशैंको यो माहौलमा साथीभाइसंग घरघरमा अनि चोक चोकमा नेपाली शहर र गाँउहरु रमाईलो गर्न अत्थाधिक रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् ।

ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् ।

दूध र दही
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।

कागती पानी
मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ ।

मह
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ ।

सुन्तलाको रस
सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।

अदुवा हालेको चिया
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo