धनगढी । साहित्यकार जनक रसिकको दोरी उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार मानसखण्ड फाउण्डेसन कञ्चनपुरको आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा साहित्यकार जगदीश ओझा, श्रीजन श्री र सहप्रा. श्यामसुन्दर ढकालले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । टिप्पणी पश्चात उपन्यासका लेखक जनक रसिकले लेखकका तर्फबाट मन्तव्य राख्नुभएको थियो । मानसखण्ड फाउण्डेसनकी अध्यक्ष नारा जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. टेकराज पन्त प्रमुख अतिथि, विशिष्ट अतिथिमा डा. हरिसचन्द्र भट्ट, प्रा.डा. मुकुन्द कलौनी, उप प्रा. हरिप्रसाद खतिवडा, सारदा विद्यापीठका प्राचार्य भोजराज जोशी जगदीश चन्द्र भट्ट, कृष्णकान्त चटौत रहनुभएको थियो भने फाउण्डेसनका निवर्तमान अध्यक्ष रमेश पन्त मीतबन्धुले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय भाषा साहित्य तथा संस्कृति विभाग प्रमुख डा. हरिसचन्द्र भट्ट, प्रा.डा. मुकुन्द कलौनीज्यूले मन्तव्य राख्नुभएको थियो भने साहित्यकार डम्बर शर्मा बडू, प्रेमप्रकास कलौनी, डिल्लीराज ओझ समर्पण लगायतका कविहरुले रचनावाचन गर्नुभएको थियो । मानसखण्ड फाउण्डेसनका सचिव हेमबाबु लेखकले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा करिब एकशय जनाको उपस्थिति रहेको थियो ।
