KhabarUjyalo

धनगढीमा रहेको समैजी स्टोरमा आन्तरिक राजश्व विभागको छापा

२९ भाद्र २०७९, बुधबार
धनगढीमा रहेको समैजी स्टोरमा आन्तरिक राजश्व विभागको छापा

धनगढी,२९ भदौ ।  धनगढीको समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले छापा हानेको छ । कर छलीको आशंकामा स्टोरमा छापा हानिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले समैजी स्टोरले कार्यालयमा पेश गरेको कारोबार सम्बन्धी विवरणको तुलनामा भण्डार गरिएको सामान अस्वभाविक देखिएपछि छापा हानिएको जानकारी दिए ।

राजश्व छली गरेको आशंकामा छापा हानिएको धनगढीको समैजी स्टोर भोलिसम्म आन्तरिक राजश्व कार्यालयको नियन्त्रणमा रहने भएको छ । राजश्व कार्यालयका सूचना अधिकारी  पौडेलले समैजी स्टोरले स्टकमा राखेको सबै सामानको विवरण संकलन गर्नुपर्ने बताउँदै काम नसकिएसम्म नियन्त्रणमै राख्ने जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo