KhabarUjyalo

एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु

२ श्रावण २०७९, सोमबार
एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । 

पछिल्लो २४ घण्टामा ९८ हजार नाै सय जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo