KhabarUjyalo

सांसद र मन्त्रीको अफर दिएर रवि लामिछानेलाई फकाउदै कांग्रेसका नेताहरु !

५ असार २०७९, आईतवार
सांसद र मन्त्रीको अफर दिएर रवि लामिछानेलाई फकाउदै कांग्रेसका नेताहरु !

काठमाडौ : नेपाली कांग्रेसका केही नेताहरुले रवि लामिछानेसँग विभिन्न चरणमा छलफल गरेका छन् । सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई आफ्नो पार्टी ल्याउन विभिन्न पार्टीका नेताहरु छ्लफल चलाएका छन् । कांग्रेसले रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् ।

निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् । तर रवि लामिछानेले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । भने रवि लामिछानेको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । 

रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo