KhabarUjyalo

‘मिस नेपाल २०२२’ को फाइनल आज, फाइनलमा ६ जना डाक्टर पनि !

४ असार २०७९, शनिबार
‘मिस नेपाल २०२२’ को फाइनल आज, फाइनलमा ६ जना डाक्टर पनि !

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को फाइनल आजै हुने भएको छ । आयोजक द हिडन ट्रेजरलेले २४ प्रतिस्पर्धीबाटै फाइनल हुने जनाएको छ ।
यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिता गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार मध्यान्हबाट सुरु हुनेछ । यो पटकको प्रतिस्पर्धामा ६ जना डाक्टर पनि प्रतियोगीका रुपमा रहेको बताइएको छ ।

जसमा प्रतिस्पर्धी नम्बर ३ डा. दिलाशा डोटेल, नम्बर ५ डा.आयुष्नोभा ढुंगाना, नम्बर ७ डा.मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ डा.सरीषा श्रेष्ठ, नम्बर १८ डा.यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा.गंगा गुरुङ रहेका छन् ।

त्यस्तैगरी प्रतियोगिमा आकृति शाह, आस्रुती सुवेदी, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटी रहेका छन् ।

यीनै प्रतिस्पर्धिहरुबाट एक जनाले मिस नेपाल २०२२ को उपाधि जित्ने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo