KhabarUjyalo

रोपेर बोट खुसीले बाचौँला (कविता)

२६ जेष्ठ २०७९, बिहीबार
रोपेर बोट खुसीले बाचौँला (कविता)

सुन्दर खोला, पवित्र पानी, फुटेको मुहान
चराको गीत, सुनेर आँखा खुल्दछ बिहान
चम्किलो तारा शीतल जून अँध्यारो आकाश
जंगल नाश गरेर आज ल्याउँदैछन् विकास।

हजारौँ जन्तु डरले गए छोडेर घरबार
जंगल नाश गरेर आज बनाउँछन् दरबार
सुरिलो धुन सुनेर मन पग्लन्छ खै किन
नराम्रो काम गरेर आज सकिन्न रमाउन ।

फोहर मैला गरेर आज साफ छु भन्दछन्
फोहरले गर्दा बिरामी परी दिनदिनै मर्दछन्
नराम्रो काम गरेर नाम सकिन्न कमाउन
जंगल नाश गरेर आज सकिन्न रमाउन ।

हरियो डाँडा हरियो पाखा शीतल छहारी
मिलेर जीव बसेका थिए अप्ठ्यारो नमानी
कसरी बाँचे वनका जीव कसरी बचाए
कालको डर मानेर आज जीवन गुमाए ।

झुल्किने घाम छल्किने पानी तिर्मिरे तारामा
बस्दछौँ हामी बिरुवा रोपी सारा यी संसारमा
कोइलीको धुन देखेर जुन आनन्द लाग्दछ
बिरुवा रोपे हामीले सधैं जीवन जाग्दछ ।

बिहान रात दिउँसो र साँझ लिन्छौ आहारा
हावा र पानी रुख र माटो हाम्रो हुन साहरा
झिमझिम पनि परेको बेला मुजुर नाचेको
आजका दिन बिरुवा रोपे संसार हाँसेको

फोहर मैला नगरौँ हामी आँगनी छेउमा
चिसो छ पानी खेल्दछ माछा खोलाको लेउमा
बिहानी पख उठेर आज पूजा नी गरौँला
आँगन छेउ रोपेर बोट खुसीले बाँचौँला।
रचना: गौरव उपाध्याय

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo