KhabarUjyalo

आमा❣️❣️

२४ जेष्ठ २०७९, मंगलवार
आमा❣️❣️

कृपया यो कथा एउटा समाजमा घटेको घटना हरुलाइ आधार मानेर लेखिएको कथा हो,यो कथा कसैको जीवन मा मेल खा गएमा म क्षमा प्राथी छु,यो कथा लाई अन्य कतै पनि copy paste न गरिदिनु होला किनकी यो एक्दम गलत हो,😢

सिम्रनले हजारौ कोसिस गरिन तर पनि सुसिला उनी सङ्ग जान तयार भइनन,

सिम्रनले भनिन,
आमा तपाइ म सङ्ग हिड्नुस न बिन्ती छ,म तपाईं लाई निकै नै माया गर्छु तपाइले माया न गरे पनि,
हिड्नुस न बिन्ती छ,
तपाइलाइ म एस्तो अबस्थामा कसरी छोड्न सक्छु??

सुसिलाले भनिन,
बिन्ती छ बुहारी मलाइ जाउ हिड भनेर न भन,बिन्ती छ एदि तिमिलाइ मेरो माया लाग्छ र तिमी साच्चै मेरो खुसी चाहान्छौ भने तिमि एहा बाट जाउ,बिन्ती छ,

म तिमी सङ्ग गएर तिमिलाइ अझै दुख दिन चाहान्न,यो भन्दा अगाडि त तिमिलाइ जानी जानी दुख दिएको थिए,अब त मेरो हात खुट्टा नि चल्दैनन,होला,अब त तिमिलाइ झनै अन्जानमा दुख दिनु पर्छ,

म चाहदिन कि अब मैले गर्दा तिमिलाइ केही असर परोस😢

तिमी जाउ बुहारी तिमी जाउ,
मलाइ आफ्नै हालत मा छोडिदेउ,

म पापिनी हु,मलाइ मेरै हालत मा छोडिदेउ,बिन्ती छ,

अब त सिम्रन पनि थाकिसकेकी थिइन कि,सुसिला लाई सम्झाउदा सम्झाउदा,

सिम्रनले भनिन,
मैले त आफ्नै सम्झेर जाउ भनेको हु,तर तपाइले त मलाइ पराइ सम्झनु भयो ठिकै छ म जबर्जस्ती गर्दिन तपाइलाइ मेरो साथमा जानै पर्छ भनेर,

एदि तपाइलाइ हामी बिना नै खुसी मिल्छ भने केही छैन!

हामी तपाइलाइ तपाइकै हालतमा छोडिदिन्छौ,

तपाईं जहाँ जस्तो अबस्थामा भए पनि सधै खुसी रहनु होला,मलाइ जस्तै कसैलाइ दुख न दिनु होला,अब त तपाइलाइ पनि अरुको साथको जरुरी छ,

एदि कसैले साथ दियो भने त्येस्को बद्ला उस्लाइ हातमा नथुकिदिनु होला,

मलाइ तपाइले रुवाए पनि तपाइलाइ कहिलै रुन न परोस,

भन्दै सिम्रन लागिन बैनी सङ्ग बैनिको घर तिर,

(गाउले हरुले सिम्रनको ससुरालाइ खोलामा लगेर जलाइदिए र सुसिलालाइ आफ्नै सुरमा छोडिदिए)

सिम्रन भने बैनिको घरमा बस्न थालिन,खानाको लागि न त साथमा खाना नै थियो,बस्नको लागि न त आफ्नो घर नै थियो,

अरुको घर,जस्तै भएपनी आफ्नो जस्तो कहाँ हुन्थ्यो र,
जस्तो दिन्थे त्येस्तै खान पर्थ्यो,जहाँ सुत भन्थे त्येही सुत्नु पर्थ्यो,

आफ्नो घर जाउ भनु भने,घर पनि थिएन,उनी घर न घाटको भएकी थिइन,

बैनिको घरमा पनि कति बसेर खानु,अब त उनी आफैलाइ पनि सरम लाग्न थाली सकेको थियो,

लेखक: नवराज अवस्थी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo