एक बालेन मात्रै हिरो, अरू भिलेन
भनी हाल्न अहिल्यै अल्लि मिलेन
भ्रष्ट र अहंकार वर्षौँ स्थापित त छन्
रातारात बदली हाल्ने त कुरै भएन
दलको दलदल माथि कमल फुल्यो
स्मरण रहोस् हिलो मैलो काहीँ गएन
आशा गरौँ चुनावी बाचा भुल्ने छैनन्
काम चाहिँ होस् अब येनकेनप्रकारेण !
देवत्व करण अलि सीमा भित्र नै गरौँ
प्रश्न गर्न नछोडौँ कहाँ, कहिले, किन?
बिष्णु जोशी हाल अमेरिका
