KhabarUjyalo

मिरुना र फुर्पाले हात जोड्दै एक अर्कासँग मागे माफी

१७ जेष्ठ २०७९, मंगलवार
मिरुना र फुर्पाले हात जोड्दै एक अर्कासँग मागे माफी

काठमाडौं । आफूलाई दूर्व्यवहार भएको आरोप लगाउने ‘कबड्डी–४’ कि नायिका मिरुना मगर र आरोपी फुर्पा तामाङले एक अर्कासँग माफी मागेका छन् ।

मंगलबार दुवै पक्षबीच सहमति भएपश्चात् फुर्पाले आफूले गरेको दूर्व्यवहारप्रति माफी मागे भने मिरुनाले पनि फुर्पालाई भाई सम्झेर माफी दिँदै यस घटनाले सम्बन्धित सम्प्रदायप्रति असर पुगेको भन्दै माफी मागिन् ।

सहमति पत्रमा भनिएको छ, ‘मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धि घटनामा मुगु घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी गरेकी छन् ।’

त्यसपछि मिरुनाले पनि यस घटनाले सम्बन्धित धर्म, सम्प्रदाप्रति पुगेको असरमा माफी मागेकी छन् । सहमति पत्रमा भनिएको छ, ‘घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन् ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo