KhabarUjyalo

काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि तीन प्यानल प्रतिस्पर्धामा, आज मतदान हुँदै

१५ फाल्गुन २०७८, आईतवार
काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि तीन प्यानल प्रतिस्पर्धामा, आज मतदान हुँदै

धनगढी, १५ फागुन । नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औं अधिवेशनमा त्रिपक्षीय चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको नयाँ नेतृत्वका लागि धनगढीको कभर्डहलमा केहिसमयपछि मतदान सुरु हुदैछ ।

जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेल चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा भिम बडुवाल, रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । त्यसैगरी सभापति प्रकाश बमको प्यानलबाट उप–सभापतीमा खेमराज चौधरी र तेज शंकर भट्ट, सचिवमा खडक शाह रहेका छन् ।

भट्ट नेतृत्वको प्यानललाई केन्द्रीय सदस्यहरु धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र, जिबन राना, इश्वरी न्यौपानेलगायत नेताहरुले समर्थन गरेका छन् । संस्थापन पक्षकै नेता बमको प्यानललाई निवर्तमान सभापति एव्म काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ लगायत नेताहरुको समर्थन छ ।

कोइराला पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशी छन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo