KhabarUjyalo

भोलिदेखि हेलिकप्टरबाट खप्तड र बडिमालिका घुम्न पाईने

२९ माघ २०७८, शनिबार
भोलिदेखि हेलिकप्टरबाट खप्तड र बडिमालिका घुम्न पाईने

कैलाली-नाट्टा सुदूरपश्चिम र माउन्टेन हेलिकप्टर प्रालिको पहलमा खप्तड र बडिमालिका हेली टूर आयोजना गरिने भएको छ। विश्वभर फैलिरहेको कोभिडका कारण अस्तव्यस्त भएको पर्यटकीय क्षेत्र पूर्ण चलायमान बनाउने उद्देश्यले सो आयोजना गरिन लागेको हो।

उक्त हेली टूर फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ।विभिन्न ऋतुहरूमा पर्यटकहरु घुम्न आउने हिमालहरुमा आजभोली खासै पर्यटक देखिदैनन् । विश्वकै सुन्दर स्थानमा पर्ने पर्यटकीय देश नेपाल आन्तरिक तथा आगन्तुक पर्यटकहरुको पर्खाइमा रहेको छ।

विगत २ वर्षदेखि कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्र पुनः चलायमान बनाउने उद्देश्यले ुसुदूरपश्चिमको आवाज, पर्यटनको विकासु मूल नारासहित माउन्टेन हेलिकप्टर प्रालि नाट्टा सुदूरपश्चिम प्रदेशको सहकार्यमा खप्तड बडिमालिका हेली टूर आयोजना गरिने भएको हो। पर्यटकीय गन्तव्य खप्तड बडिमालिका लगायतका स्थानमा छपक्कै हिउँले ढाकेको छ।

त्यही सेताम्य र मनमोहक दृश्य अवलोकन गर्ने चाहना भएका पर्यटकहरुका लागि हेलि टुरको आयोजना गरिएको माउन्टेन हेलिकप्टर प्रालिका निर्देशक दिलबहादुर वली बताउछन्। पर्यटकीय स्थलमा पर्यटनका लागि होमस्टे स्थापना गर्न र व्यवसायीहरुलाई व्यवसाय चलाउन दिन व्यवसायीहरुले पर्यटन बोर्डलाई अनुरोध गरेका छन्।

ओझेलमा परेको सुदूरपश्चिममा पर्यटकहरु घुम्नु पर्ने थुप्रै ठाँउहरु रहेका छन्।दश दिनको अवधिमा कम्तिमा पनि ३५० जना आन्तरिक पर्यटनलाई खप्तड र बडिमालिका भ्रमण गराउने लक्ष्य सुदूरपश्चिम प्रदेशले लिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo