KhabarUjyalo

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा !

२५ कार्तिक २०७८, बिहीबार
टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा !

एजेन्सी । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए ।

यसअघि, दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाए ।

जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । सोएब मलिक एक, आशिफ अली शुन्य रनमा पोविलियन फर्कदा मोहमद हाजिफ १ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo