KhabarUjyalo

आजदेखि टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु, पहिलो दिन २ खेल

३१ आश्विन २०७८, आईतवार
आजदेखि टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु, पहिलो दिन २ खेल

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo