KhabarUjyalo

प्रदेशस्तरिय भलिबल प्रतियोगितामा डडेल्धुरालाई ३ -० को सेटले पराजित गर्दै डोटीलाई उपाधी !

२३ आश्विन २०७८, शनिबार
प्रदेशस्तरिय भलिबल प्रतियोगितामा डडेल्धुरालाई ३ -० को सेटले पराजित गर्दै डोटीलाई उपाधी !

धनगढीः धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटी भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा शनिबार फाइनल खेलमा डडेल्धुरालाई ३ -० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधी लिएको हो ।

धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी रहेको छ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo