KhabarUjyalo

सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउन सक्ने

December 29, 2023
सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउन सक्ने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ। बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन्। रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन्। आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ। न्यायाधीश ढकालले  शुक्रवार नै फैसला पनि सुनाउन सक्ने सम्भावना छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo