भारत: भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म १४ राज्यमा भारत न्याय यात्रा गर्ने भएका छन्। जनवरी १४ बाट सुरु हुने सो यात्रा मार्च २० सम्म चल्नेछ।
सो क्रममा ६ हजार २ सय किमि दुरी पार गरिनेछ। यात्राको अधिकांश हिस्सा बसमा र केही स्थानमा पैदलयात्रा गरिने बताइएको छ।
यात्राका क्रममा गान्धी पार्टी नेताहरुसहित मणिपुर, नागाल्यान्ड, असम, मेघालय, पश्चिम बंगाल, बिहार, झारखण्ड, उडिसा, छत्तिसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्र पुग्नेछन्।
जनवरी १४ मा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सो यात्रा उद्घाटन गर्नेछन्। यसअघि गान्धीले भारत जोडो यात्रा गरेका थिए।
