KhabarUjyalo

धनगढीमा लागूऔषधसहित गोदावरीका दुई युवक पक्राउ

December 26, 2023
धनगढीमा लागूऔषधसहित गोदावरीका दुई युवक पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित गोदावरी नगरपालिकाका दुई युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-२ का १९ वर्षीय आरिक अन्सारी र गोदावरी नगरपालिका-३ का २२ वर्षीय योगेन्द्र जोशी सोमवार दिउँसो पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo