धनगढीः सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन हुने भएको छ।
अस्पतालमा एमआरआईका समान आइसकेको केहि दिनमा मेसिन जडान गरेर एमआरआईका सुचारु गरिने सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए।
यसअघि अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले समस्या भोग्दै आएका छन् ।
