KhabarUjyalo

धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा छनोट

६ पुष २०८०, शुक्रबार
धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा छनोट

काठमाडौं – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा छनोट भएको छ । पोखरा थन्डर्ससँग १-१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मिलन राईको गोलमा अग्रता दिएको धनगढीले अग्रता कायम राख्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

शीर्ष स्थानको पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

पोखरालाई हारबाट जोगाउन भने खेलको अन्तिम मिनेटमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गरे ।

लिगमा शीर्ष स्थानको पोखराले १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अंक जोड्यो । आजै हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo