KhabarUjyalo

आईसीसीको एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा

४ पुष २०८०, बुधबार
आईसीसीको एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा

आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन्।

गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका थिए। पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन्।

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo