KhabarUjyalo

हरिवंशले ल्याए चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत ‘हिंड माया हिंड’ !

१ पुष २०८०, आईतवार
हरिवंशले ल्याए चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत ‘हिंड माया हिंड’ !

धनगढी : चर्चित हास्यकलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। आचार्यले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन् ।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन्।

गीत सार्वजनिक भएपछि हरिवंशले भने, ‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत हो।’

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ।

गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँगाउँबाट युवतीहरूलाई ललाईफकाई गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ।

पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।

आचार्यले  यसअघि पनि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका थिए ।

भिडियोhttps://youtu.be/hNOAoGgXEcU

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo