KhabarUjyalo

ओलीलाई पहिचानवादीले देखाए कालो झण्डा

२८ मंसिर २०८०, बिहीबार
ओलीलाई पहिचानवादीले देखाए कालो झण्डा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् ।

मध्यपहाडी सङ्कल्प यात्राअन्तर्गत १५औँ दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo