धनगढी : कैलालीको गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बिहीबार बिहान गोदावरी नगरपालिका–१ भरतपुर बस्ने अन्दाजी २५ बर्षकी काजल ओझाको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि उनलाई उपचारको लागि पदमा अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनु भन्दाअघि नै मृत्यु भइसकेको आफ्न्त विवश कापडीले जानकारी दिए ।
पोष्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ । उनको २ बर्षकी छोरी रहेकी छन् । श्रीमान् विदेशमा रहेका छन् ।
