KhabarUjyalo

एनसेलको सेयर बिक्रीविरुद्ध अमरेशकुमारले दायर गरेको रिट शर्माको इजलासमा

December 11, 2023
एनसेलको सेयर बिक्रीविरुद्ध अमरेशकुमारले दायर गरेको रिट शर्माको इजलासमा

काठमाडौं। एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo