KhabarUjyalo

प्रसाद नखानेलाई छोरी नदिने

११ पुष २०७९, सोमबार
प्रसाद नखानेलाई छोरी नदिने

गत वर्षको मंसिर महिनामा दाईको बिहे मा गएको थिए। सुन्न लायक सँगै नाच्न हुने गीत मा रमाइलो सँगै बिहे मा जाँदै थियौ । बिहेको दिन दाईको सालीहर पनि हेर्न पाइने भयो म लगायत दुई चार भाई मनको लड्डु खाइरहेका थियौ । बसमा सबै थिए तर मगजको ध्यान काल्पनिक ससुराली तिर गएको थियो । आचनक मेरो मोबाइल को गीत बज्नको सट्टा अङ्ग्रेजी गीत बज्न पुगेछ । नेपाली गीतमा पो ससुराली अङ्ग्रेजीमा त छैन नि भन्दै म आफै हासिरहे सबैमा बिहेको जन्तिको रमझम रौनकता थियो । म किन अनुकूल नहुने भन्ने कुरा पोलिरह्यो । कोसीस गरिरहे काल्पनिक ससुराली तिर भन्दा पनि येथार्थ तिर लाग्ने भन्दै नाच्न लायक गीतमा सब्य गीतमा गाउँदै अनि तनलाई रमाउँदै दाईको ससुराली पुगिएछ । दाईको ससुराली नजिक पुगेपछि केही तयारी नभएको जस्तो देखियो । तयारी नभएपनि त्यताको माहोल बुझ्न भनी म सहित दुई जना दाईभाई विवाह घरमा पुग्यौ। सबै आ आफ्नो काममा मस्त जिम्मेवारी र विवाहको कर्मले गर्दा रौनकता थोरै हल्ला धेरै भएको देखियो । एक जना दाईले हेर बेद यता त यस्तै छ चाल माल र चाल आफै पाउने हो । कसैले यहाँ यस्तो छ भनेर पनि भन्ने हैनन् सबै आफै बुझ्नु पर्छ । मैले केही प्रतिक्रिया दिएन त्यस भनाइमा कारण तत्काल मौन नै हुनुपर्छ । कहीं न कतै म पनि कसैको निगरानी मा छु होला भन्ने त्यति खेर केही रूपमा आभास भयो। हामीहरू त्यहाँको वातावरण सबै तिर बिहे घरको रोड बाट हेरिरह्यौ। छ मिनेट पछि दुलहीका बुवा बेहुला र बेहुला चढेको गाडी अन्माउन आइपुग्छन् । बाहुनको मन्त्र सुरु हुन थाल्छ । स्वस्त्ययन वाचन बाट त्यो क्रमलाई हामीले नियाली रहेका थियौ । बेहुला टिका लगाएर गाडी बाट मण्डप तिर दुलहीका बुवा बेहुला लाई लिएर मण्डप तिर लगेर जान्छन् । कोही यस्तो हुनुपर्छ कोही यस्तो हुनुपर्छ भन्दै लागिरहेका थिए बेहुला र दुलही पुरोहित समुह जे भएपनि सबै राम्ररी चलिरहेको त्यो गतिविधि । जन्तिमा ज्येष्ठको एउटा समुह नव तन्नेरीको अर्को समूह भएर विभाजित भएको थियो । नव तन्नेरी म लगायत ल है प्रसाद ( खाना) तिर जान भनेर दुलहा लाई भतिज र अन्य दुई चार जनाको जिम्मा ठूलो दाईले लगाउनु भयो । जब खाना खाने ठाउँमा पुगियो त्यहाँको माहोल अर्कै कोही छैनन्, अनि मैले सम्झिए चाल आफै पाउनु पर्छ भनेर । बीचमा अर्को दाई आएर खाना आफै हाल्ने हो आफै खाने हो । खानाको व्यन्जनको रूपमा चिल्लो र पिरो बढी भएको कुरा पाकेका रहेछन । म भने चिल्लो पिरो नखाने अनि बाहिर खान मिल्ने कुरा मात्र प्लेट मा राख्दै गए । सुरुमा सलाद सलादमा पनि काँक्रा, गाजर , कागती , अनि सब्जी राख्दै थोरै अचार पनि खाने की भनेर अचार पनि प्लेट मा राखे क्रमश नव तन्नरी सबैले र सँगै आएका दाजु भाइहरू एकै ठाउँ बसेर मिलेर खाने कुरा अगाडि बढ्यो र भयो पनि त्यही अनुरुप । बीचमा खाना खाएर के गर्ने दाई / भाई के गर्ने यता त माइक को ब्यबस्था पनि छैन के गर्ने होला । बीचमा एक जना भाइले भन्यो दाई हामीले लिएर आएको माइक बजाउने कि । बत्तीको प्रबन्ध कसले गर्ने फेरि भन्दा बीचमा सुरुको दाईले भन्नु भयो बत्तीको जुगाड यो बेदले गर्छ । ल हुन्छ दाई भने म आफूले हाले जति खाएर सकाउन थालेको थिए दाई भाइ हरुको खाना आधा नै खाएका थिए। म खाना सकाएर मैले खाइ सकेको र दाई हरु खाँदै गरेको फोटो खिच्न पनि भ्याए। त्यसपछि म बत्तीको जुगाड गर्न गए भनेर म खान खाने पाकस्थल बाट बाहिर आए । बाहिर आएपछि भान्सामा खाने लाई अलग्गै ब्यबस्था गरिएको छ यता आउनु होला भन्दै बेहुली पक्षका ज्येष्ठको समुहलाई मार्गदर्शन गर्दै थिए । त्यहाँ मेरो बुवा पनि हुनुहुन्थ्यो । चल हिँड प्रसाद ( खाना ) खान , सुख्खा रोटी पनि छ भन्नुभयो ठिकै छ सुख्खा रोटी भए खाने हैन भने खाए कै छ जे भएपनि भनेर मनमा कुरा खेलाउदै अर्को पाक्साला पनि पुगियो । एउटा कोठा मा बस्न भनेर कोठा नातेदार देखाउनु भयो । फेरि उहाँले नै जन्तीहरुलाई खाना पस्कनु पर्यो भनेर आवाज दिए अर्को तिर । त्यसपछि क्रमशः दुई तीन जना खाना लिएर आएर खाना मा सेलरोटी , बाबर अनि मैले अगी खाएको जस्तै आचार र सब्जी रहेछ । मैले सोचे कि मलाई चिल्लो र पिरो मन पर्दैन यो खाएर म बस्न सक्दैन बरु आफै बाहिर गएर कतै फलफूल किनेर भएपनि खान्छु। अनि मैले बुवालाई र नजिक रहेका बा को समुहलाई मात्र सुन्ने गरेर भने बुवा मैले बाहिर यो यो कुरा खाएको हुँ मैले त रोटी होला कि भनेर सोचेको तर यहाँ सेलरोटी रहेछ म खाँदैन तपाईंलाई थाहा छ त्यही भएर म गएँ है त भनेर । बुबा र अन्य बा समूहले केही भन्नु भएन म उठेर बाहिर के निस्केको थिए । प्रसाद ( खाना ) खाने हैन भनेर नातेदार रोकाएर सोध्न पुगे । अनि मैले भने मैले प्रसाद खाएको हुँ समझिनु भयो धन्यवाद तर मैले प्रसाद खाइसके खाएन भनेर नसोच्नु होला भनेर म बाहिर निस्केको थिए । बाहिर पुग्नासाथ बत्तीको जुगाड गर्नु भनेर पो भन्नु भएको थियो दाईले त म बत्तीको जुगाड गर्न तिर लागे । बिहेमा गीत बज्यो तन मन दुवै नाच्यो । यता नाचगान चलिरहेको थियो उता बिहे हुँदै थियो । बिहे सकिएको झण्डै एक हप्ता पछि म आफ्नै कोठामा दिउसोको भोजन पश्चात समाजिक सञ्जाल चलाउँदै थिए । त्यही क्रममा बुवा आउनु भयो । अस्ति भाञ्जा साबको बिहे मा मैले तेरो लागि बिहेको कुरा निकालेको थिए खाना खाइ सकेपछि कोही केटी मेरो छोराको लागि छन् की भनेर सोध्दा एक जनाले मलाई प्रसाद नखनेलाई छाेरी दिदैनौं भनेर भन्यो । ओइ तैंले खाना त खाएको थिस् नी त्यो दिन । अनि मैले भने म हजुरलाई किन झुट बोलुला र ! अनि बुवाले भन्नु भयो प्रसाद नखनेलाई छाेरी दिदैनौं भनेर किन भने होलान तिनले । अनि एकछिन सोचे त्यसो भन्ने मान्छे को रहेछन् । बुवा त्यो मान्छे को हुन् चिनाई दिनु पर्यो के भनेको थिए । पढ्न तिर लाग्न यस्ता कुरा पछाडि लाग्ने हैन भनेर बुवा मेरो कोठाबाट जानु भयो । म अलमलमा परिरहे को रहेछन उहाँ जसले मेरा बालाई प्रसाद नखनेलाई छाेरी दिदैनौं भनेर भने ।

बेद प्रकाश उपाध्याय, धनगढी

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo