KhabarUjyalo

ज्ञानेन्द्र शाही र सागर ढकालले सार्वजनिक गरे मिस पबीको अभिनय रहेको ‘जुम्ला’ गित !

८ पुष २०७९, शुक्रबार
ज्ञानेन्द्र शाही र सागर ढकालले सार्वजनिक गरे मिस पबीको अभिनय रहेको ‘जुम्ला’ गित !

धनगढी : गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

जुम्लामा छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo