KhabarUjyalo

लक्ष्मी आचार्यले ल्याइन् मौलिक देउडा गित “लाईहेल कालो टिको” (भिडियो)

८ पुष २०७९, शुक्रबार
लक्ष्मी आचार्यले ल्याइन् मौलिक देउडा गित “लाईहेल कालो टिको” (भिडियो)

धनगढी : गायिका तथा मोडल सुदूरपश्चिमको मौलिकता झल्किने देउडा गित “लाईहेल कालो टिको” बजारमा ल्याएकी छन् ।

चर्चित गायक प्रकाश सपूत र गायिका लक्ष्मी आचार्यको स्वरमा रहेको उक्त गित शुक्रबार सार्वजनिक भएको हो ।

लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द रहेको यस गितमा श्यामस्वेती रसाइलीले एरेन्ज र म्युजिक मिक्सिङ गरेका छन् ।

उक्त गितको म्युजिक भिडियोमा लक्ष्मी आचार्य र प्रकाश सपुतको अभिनय रहेको छ । म्युजिक भिडियोमा सुदूरपश्चिम मौलिकता झल्किएको छ।

गितको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन्। गितको म्युजिक भिडियोमा लक्ष्मी आचार्यको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

नयाँ र मौलिकता झल्किने “लाईहेल कालो टिको” देउडा गित दर्शक स्रोताबाट माया पाउने अपेक्षा रहेको गायिका आचार्यले बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo