KhabarUjyalo

अत्तरिया हस्पिटलको ल्याबलाई सी ग्रेडको लाइसेन्स

३ पुष २०७९, आईतवार
अत्तरिया हस्पिटलको ल्याबलाई सी ग्रेडको लाइसेन्स

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलको ल्याबलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सी ग्रेडको लाइसेन्स प्रदान गरेको छ ।

सी ग्रेडको लाइसेन्स प्राप्त गरेसँगै अत्तरिया हस्पिटलको ल्याबमा आधुनिक मेसिनबाट एड्भान्स स्वास्थ्य परिक्षण गराउन मिल्ने हस्पिटलले जनाएको छ। गुणस्तरको प्रयोगशालाका लागि अब सेवाग्राहीले अत्तरियाबाट बाहिर जान नपर्ने गरी व्यवस्थापन गरिएको सेवाग्राहीले बिस्वस्नियता सहित छिटो र गुणस्तरीय सेवा पाउने हस्पिटलले दाबी गरेको छ ।

हस्पिटलको प्रयोगशालामा एक जना स्नातक तह र दुई जना टेक्निसियन र एक जना सहायक टेक्निसियनबाट हर्मोन, थाइराइड,कल्चर भिटामिन डी, एन्टीसिसिपी लगायतको विभिन्न स्वास्थ परिक्षण हुने हस्पिटलले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा सी ग्रेडको लाइसेन्स प्राप्त गर्नेमा अत्तरिया हस्पिटलसहित ६ वटा संस्था रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo