KhabarUjyalo

बाजुराका पीडा: अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मिन्छन् बच्चा

१ पुष २०७९, शुक्रबार
बाजुराका पीडा: अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मिन्छन् बच्चा

काठमाडौँ – बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्।

गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् ।

बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो।

तालिम प्राप्त चिकित्सक डा। सुनिलकुमार शाह, डा। बिपुल चौधरी र डा। जस्मिता बलमपाकी बिदामा गएपछि बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत डा। दिपेन्द्र बुढा पनि बिदामा छन्।

भाग्य जस्तै धेरै गर्भवतीको पीडा यस्तै छ। हिमाली गाउँपालिका १ बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछि ३ घण्टा टाढाको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लैजाँदै गर्दा उनले पनि बाटो मै बच्चा जन्माएकी हुन्।अन्नपूर्ण पोस्टबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo