KhabarUjyalo

सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपियो

२९ मंसिर २०७९, बिहीबार
सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपियो

धनगढी :   धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ।

धनगढी उपमहानगरपालिका -१ पशुपति टोलमा जारी रहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।

यस्तै कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति हुने गरेको छ।

भोलि पुष १ गतेका आर्कषणको रूपमा खुमन अधिकारी, चक्र बम र शीतल शर्माको बेजोड प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार संयोजक मनोज अग्रवालले जानकारी दिए। अब महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo