धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सातौं दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।
चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका टीका प्रसाईंको सांगितिक प्रस्तुति रहने छ ।
गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगतमा सफल प्रतिभा हुन् । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’ नयाँ गित ‘पर-पर छु’ लगायतका गीत बहुचर्चित छन् । यस्तै गायिका प्रसाईक नाई मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, चट्ट सलाम, तिमी भन्छौ भने, कान्छी रे, सेल्फ़िको जमाना जस्ता दर्जनौं चर्चित गीत लगायत गीत धेरै लोकप्रिय गित बनेका छन् । आज चर्चित गायिका रेखा जोशी आउने भनिए पनि जोशीलाई असन्चोका कारण नआएको आयोजकले जनाएको छ ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टल लागेका छन् ।
महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
