धनगढी – अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्यनरत तथा नेविसंघका नेता देवराज ओझाले क्याम्पसलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।
उनले प्रजातान्त्रीक प्राध्यापक संघ ईकाई समिति दुर्गालक्ष्मी क्याम्पसका सभापति हर्क बहादुर साउँद मार्फत निमित्त क्याम्पस प्रमुख लोक बहादुर महरालाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
उनले क्याम्पसलाई Cetamol १००० थान, I-burofen ५०० थान, Ranitidin ५०० थान, Buscopan २०० थान, ORS/जिवनजल १०० पाकेट र Betadine ५०० ML सहयोग गरेका थिए ।
क्याम्पसमा प्राथमिक उपचारका लागी आवश्यक पर्ने विभिन्न औषधीजन्य स्वास्थ्य सामग्रीहरु क्याम्पसलाई सहयोग गरेको नेता ओझाले बताए ।
