धनगढी : डेउडा गायिका रेखा जोशी र गौरव गिरिको स्वरमा रहेको नयाँ डेउडा गित ‘”रेल गाडी” बजारमा ल्याएका छन् ।
गितमा शब्द र संगीत सुशील बोहराको रहेको छ। भने एरेन्ज सुमन केसिले गरेका छन् ।Hemant Dhami Anjana Raut Reshma Bista Gaurav Giri
म्युजिक भिडियोको फिचर्डमा हेमन्त धामी, अञ्जना राउत, रेश्मा बिष्ट र गौरव गिरि रहेका छन् भने नृत्यमा सुरेश भट्ट, कृष्णा शर्मा, रमेश पुनमगर र कृष्णा बिक कलाकार रहेका छन् । सुदूरपश्चिम भाकामा रहेको उक्त गितमा केटाकेटीको माया प्रेम दर्शाएको छ ।
म्युजिक भिडियोको सम्पादन बलभद्र कुवरले गरेका छन् भने निर्देशन गौरव गिरिले गरेका छन् । उक्त म्युजिक भिडियो रिदम भिडको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
