KhabarUjyalo

सुदूरपश्चिम महोत्सवमा कुन-कुन राष्ट्रिय कलाकार आउँदैछन् आज ?

२३ मंसिर २०७९, शुक्रबार
सुदूरपश्चिम महोत्सवमा कुन-कुन राष्ट्रिय कलाकार आउँदैछन् आज ?

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा भएको सुदूरपश्चिम महोत्सवको दोस्रो दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

कैलाली उद्योग वाणिज्य सङ्घले ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सुदूरपश्चिम महोत्सव मंसिर २२ गते बिहीबारदेखि सुरु भएको हो ।


महोत्सवको दोस्रोदिन आज राष्ट्रिय कलाकार मन्जु पौडेल, रामजी खाण, बादल थापा लगायतको सांगीतिक प्रस्तुती दिने भएका छन् । भने थुप्रै स्थानीय कलाकारको प्रस्तुति रह्ने महोत्सव आयोजकले जनाएको छ ।

महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार र स्थानीय कलाकारको कलाकारहरुको प्रस्तुति रहने जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo