KhabarUjyalo

अब आत्मदाह होइन स्वयं आगो निलेर बाँच….

२२ मंसिर २०७९, बिहीबार
अब आत्मदाह होइन स्वयं आगो निलेर बाँच….

इतिहासबाटै पितृसत्ताको अग्निमा जलाइए
सतीहरू , बृन्दाहरू
कतै प्रतिव्रता धर्म भङ्ग गरेर
कतै पतिव्रता धर्मको रक्षार्थ बलि चढेर !

जलाइए
आफ्नै दाजुको आदेश सिरोपर्य गर्ने होलिकाहरू ..!

पतिको आत्मसम्मानार्थ
आफ्नै आत्मसम्मानलाई
जलाउन तमतयार
अग्नि परिक्षामा होमिइन् सीता !

ए ! आधुनिक स्त्रीहरू ,
जानिराख
इतिहासबाटै हरेक चरण
तिम्रो आत्मसम्मान , स्वाभिमान
र तिम्रो अस्तित्वको प्रतिपक्षमा दन्किरहेको छ आगो

त्यसैले अब आत्मदाह होइन
स्वयं आगो निलेर बाँच

त्यस्तो आगो
जो पितृसत्ताको राप बनेर
इतिहासबाट आजसम्म पनि
लगातार जलाइरहेको छ तिम्रो अस्तित्व !!

  • सुमिना

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo