धनगढी – कैलालीमा भिनाजुको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । जिल्लाको जोशीपुर गाउँपालिका – ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो ।
भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुंगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन । भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन ।
उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डिएसपी जोशीले बताए । मंगलबार राती करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ ।
फरार ढुङ्गानाको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।
