धनगढी/डि आर पनेरु : टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी आशिष महर उत्कृष्ट १० मा प्रवेश गरेका छन् ।
अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै दमदार प्रस्तुति दिदै आएका छन् । भने दर्शकले उनको प्रस्तुति मन पराएका छन् ।
भोटिङका आधारमा महर उत्कृष्ट १२ बाट उत्कृष्ट १० मा पुगेका छन् । यो हप्ता उत्कृष्टका ९ का लागि भोटिङ हुदैछ । शनिबार आशिष महरले ‘यस्तै हो हे माया तिमि बिना जीवन चल्दैन’ बोलको गित गाएका थिए । उनले दर्शकलाई आफुलाई सक्दो भोटिङ गरिदिन अनुरोध गरेका छन् । टिम प्रमोदमा रहेका महरलाई यसरी भोटिङ गर्ने सकिनेछ:-
Khalti App Download गर्नुहोस |
Log in गरि Vote Option मा जानुहोस |
Coach Pramod Select गर्नुहोस ।
त्यसपछि आशिष महरको नाम र फोटोमा थिच्नुहोस् र Vote गर्दा Voting अवधि सम्म हरेक दिन एउटा free vote गर्न सकिनेछ ।
‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।
